NobleBlocks

Research indexBook

भरषटचर र मडय: कणड, पतर, परवतत र वशलषण

1 Oct 2024

NobleIDark:/48914/w1/20260525/E35AF44BDOI10.62657/cmr10214

Paywalled

The full text is at the publisher

You can read the abstract here, or open it at the publisher.

Read at the publisher

Abstract

नेपालको सन्दर्भमा हेर्दा धेरै पहिलेदेखि नै भ्रष्टाचारको चर्चा र नियन्त्रणका लागि पहल भएका पाइन्छ । २०४६ सालको जनआन्दोलनयता २०८१ को वैशाखसम्म नियाल्दा नेपालमा भ्रष्टाचारसम्बन्धी धेरै बहस र छलफल भएका देखिन्छ । र, भ्रष्टाचार नियन्त्रण गर्न सहयोग पुग्ने गरी ३ दर्जन भन्दा बढी कानुन बनेका पाइन्छ भने १ दर्जन भन्दा बढी सरकारी निकाय भ्रष्टाचार नियन्त्रणका लागि प्रत्यक्ष वा परोक्षरूपमा सक्रिय देखिन्छन् । भ्रष्टाचार नियन्त्रणका लागि कानुनी र संरचनागत आधारहरू तयार भएसँगै भ्रष्टाचारका घटनाक्रम पनि धेरै भन्दा धेरै बाहिर आएका देखिन्छ । भ्रष्टाचारका ठूलाठूला काण्ड पनि क्रमशः एकपछि अर्काे सार्वजनिक हुँदै आएको देखिन्छ । भ्रष्टाचारका काण्ड उजागर हुँदा जति महत्व पाउँछ, विस्तारै सेलाउँदै जाने र मुख्य दोषी भनिएकाहरूलाई कारबाही नहुने प्रवृत्ति पनि छ । सङ्घ, प्रदेश र स्थानीय तहसहित विभिन्न निकायमा संरचनागतरूपमा भ्रष्टाचार भइरहेको भन्दै गर्दा अन्तर्राष्ट्रिय तहमा भ्रष्टाचार व्याप्त हुने देशहरूको सूचीमा नेपाल पनि दरिएको छ । नेपालमा सार्वजनिक क्षेत्रमा भएका भ्रष्टाचार तथा अनियमितताबारे जति कुरा बाहिर आएका छन्, निजी क्षेत्रमा हुने भ्रष्टाचार र अनियमितताबारे अनुसन्धान गर्ने निकायदेखि मिडियासम्मको त्यति ध्यान पुगेको छैन । २०७९ देखि २०८१ सालसम्म मिडियामा आएका भ्रष्टाचार तथा अनियमिततासम्बन्धी समाचार हेर्दा भ्रष्टाचार माथिदेखि तल (सङ्घ, प्रदेश र स्थानीय तह) सम्मै विकेन्द्रित छ । हरेक सरकार कुनै न कुनै रूपमा विवादमा परेकै छन् । सबै होइनन् तर भ्रष्टाचार तथा अनियमितताको विषयमा कर्मचारी, नेता, व्यापारी÷उद्योगपति, ठेकेदार, प्रहरी, सेना, भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्ने निकायका पदाधिकारी, न्यायाधीशलगायत विवादमा परेका छन् । र, भ्रष्टाचारमा संलग्न भएकामध्ये कतिपय कारबाहीको भागीदार भए पनि समाजमा भने भ्रष्टाचार संस्कृति मौलाउँदो छ । यो सन्दर्भमा भ्रष्टाचार, भ्रष्टाचार नियन्त्रणसम्बन्धी नेपालमा भएका नीतिगत तथा संरचनागत प्रयास, २०४६ सालपछिका भ्रष्टाचारका ठूला काण्ड, मिडियामा भ्रष्टाचारसम्बन्धी मुद्दा, भ्रष्टाचार नियन्त्रणका लागि सक्रिय निकायहरूका भूमिकासहित भ्रष्टाचारसम्बन्धी विविध पक्षमा थप जानकारी र बहस गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले यो पुस्तक प्रकाशन गरिएको हो ।

Discussion

Topics

More

Suggest a correction or report