NobleBlocks

Research index

जषठ नगरक समजक सरकष भतत र यसल परक परभव

Shiwakoti

Zenodo (CERN European Organization for Nuclear Research)31 Dec 2024Open access

NobleIDark:/48914/w1/20260515/1654336CDOI10.5281/zenodo.14847635

Free to read at the publisher

You can read the abstract here, or the full text at the publisher.

Read at the publisher

Abstract

जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता र यसले पारेको प्रभाव विषयमा दोलखाको भीमेश्वर नगरपालिका भित्र बसोबास गर्ने प्रतिनिधिमूलक जेष्ठ नागरिकसंगका कुराकानी र अध्ययनमा आधारित लेख तयार पारिएको छ । जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ताले जेष्ठ नागरिकको जीवनमा पारेको प्रभाव, भत्ताको व्यवस्था हुँदा र नहुँदा जेष्ठ नागरिकप्रति परिवार र समाजले हेर्ने दृष्टिकोणमा आएको परिवर्तनका विषयमा अध्ययन गर्नु यस लेखको मुुख्य उद्देश्य हो । प्रस्तुत लेख वर्णणात्मक अनुुसन्धान ढाँचामा आधारित रहेको छ । उल्लेखित अध्ययनका लागि आवश्यक तथ्याङ्क प्राथमिक स्रोत र द्वितीय दुुवै स्रोतमा आधारित भइ तयार पारिएको छ । यस लेखमा भीमेश्वर नगरपालिकाका विभिन्न वडाका ४० जना जेष्ठ नागरिकसँग गरिएको कुराकानीमा आधारित भइ यो लेख तयार गरिएको छ । अध्ययनअनुसार जेष्ठ नागरिक सुरक्षाभत्ताका कारण जेष्ठ नागरिकलाई जीवन निर्वाह गर्न निक्कै सहज भएको छ भने अधिकाशं जेष्ठ नागरिक पूर्ण सन्तुष्ट देखिएका छन् । जेष्ठ नागरिक सामाजिक सुरक्षाभत्ता आएसंगै ८७.५ प्रतिशत जेष्ठ नागरिकले सम्मानपूर्ण व्यवहार पाएको बताएका छन् । भत्ता पाएका मध्ये अझै पनि १२.५ प्रतिशत जेष्ठ नागरिकलाई परिवारले अपहेलना गर्ने गरेको पाइएको छ । रोगी हुनु,एकल हुनु,पूख्र्यौली सम्पत्ती वितरणमा चित्त नबुझ्नु लगायतका कारण अझै पनि जेष्ठ नागरिक अपहेलित भएको पाइएको छ । ८० प्रतिशत जेष्ठ नागरिकको जीवन गुजाराको भरपर्दो स्रोत जेष्ठ नागरिक सामाजिक सुरक्षाभत्ता भएको पाइएको छ । जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ताले जेष्ठ नागरिकहरूको जीवनमा सकारात्मक प्रभाव पारेको छ । तथापि, जेष्ठ नागरिकको पारीवारिक र आर्थिक अवस्थाका आधारमा भत्ताको व्यवस्था गर्न आवश्यक देखिएको छ । यो अध्ययनले जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ताको समग्र प्रभावलाई बुझ्न र भविष्यमा थप प्रभावकारी बनाउन सहयोग गर्ने छ ।

Discussion

Topics

More

Suggest a correction or report