NobleBlocks

Research indexJournal article

भषनत र भषयजन

Joshi

Zenodo (CERN European Organization for Nuclear Research)21 Jun 2025Open access

NobleIDark:/48914/w1/20260515/5B4F8E77DOI10.5281/zenodo.15710570

Free to read at the publisher

You can read the abstract here, or the full text at the publisher.

Read at the publisher

Abstract

प्रस्तुत लेखमा भाषानीति र भाषायोजना शीर्षकमा आधारित रहेर त्यसको व्याख्या, वर्णन र विश्लेषण गरिएको छ । गुणात्मक ढाँचामा संरचित यस लेखमा सामग्री सङ्कलन, पुस्तकालय अध्ययन र सामग्रीको विश्लेषण वर्णनात्मक विधिबाट गरिएको छ । यस लेखमा भाषानीति र भाषायोजनाका विभिन्न पक्षहरूको विश्लेषण गर्दै निष्कर्षमा पुग्ने प्रयास गरिएको छ । भाषालाई व्यवस्थित र प्रयोजनपरक तहबाट संयोजित तुल्याउन अपनाउने राज्य स्तरको कानूनी मान्यतालाई भाषानीति भनिन्छ भने कुनै पनि देश राज्य वा संघसस्थाले कुनै पनि क्षेत्र वा शीर्षकमा रहेर भाषाको विकास र सुधारका लागि तयार पारिने बृहत् दस्तावेजलाई भाषायोजना भनिन्छ । भाषाका सन्दर्भमा राष्ट्रले गर्ने नीति नै भाषानीति हो भने भाषानीतिद्वारा निर्देशित तŒव भाषायोजना हो । भाषानीतिका आधारमा भाषायोजनाको व्यावहारिक कार्य सम्पादन हुन्छ । भाषायोजनालाई भाषिक नीति र पद्धतिले समेटेको हुन्छ । प्रस्तुत लेखमा भाषानीति र भाषायोजनाको परिचय र आवश्यकता, भाषानीति र भाषायोजनाको सम्बन्ध, यी दुवैमा रहेको फरक, भाषानीति र भाषायोजनाका प्रभावक तŒवहरू, भाषायोजनाको आवश्यकता र कार्यको व्याख्या विश्लेषण गरी निष्कर्षमा पुग्ने प्रयास गरिएको छ ।

Discussion

Topics

More

Suggest a correction or report