Research indexJournal article
नपलक रषटरय सवसथय बम करयकरम: चनत र सधरक मरगहर (परवधक करयपतर शरङखल)
Subba
Zenodo (CERN European Organization for Nuclear Research)20 Feb 2026Open access
NobleIDark:/48914/w1/20261006/CF30C3E8DOI10.5281/zenodo.18708005
नपलक रषटरय सवसथय बम करयकरम: चनत र सधरक मरगहर (परवधक करयपतर शरङखल)
Subba · Zenodo (CERN European Organization for Nuclear Research) · 2026
NobleIDark:/48914/w1/20261006/CF30C3E8DOI10.5281/zenodo.18708005
Free to read at the publisher
You can read the abstract here, or the full text at the publisher.
Abstract
नेपालमा नागरिकहरूलाई सुलभ स्वास्थ्य सेवा र आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको हो। तर, कार्यान्वयनको सुरुवाती चरणदेखि नै यो कार्यक्रमले अपेक्षित सफलता हासिल गर्न सकेको छैन। विभिन्न सरकारी प्रतिवेदन र अनुसन्धानहरूका अनुसार यसको प्रभावकारितामा मुख्यतया चारवटा अवरोध देखिएका छन्: भ्रष्टाचार, प्रशासनिक कमजोरी, औषधि वितरणमा अनियमितता र राजनीतिक हस्तक्षेप। कास्की, मधेश प्रदेश र रोल्पा जस्ता जिल्लाहरूको अध्ययनले अस्पतालहरूमा औषधि अभाव हुनु, झुटा दाबी गरेर भुक्तानी लिनु र व्यवस्थापकीय अक्षमता जस्ता गम्भीर समस्याहरू उजागर गरेका छन्। यो अध्ययनले के स्पष्ट पार्छ भने नेपालको स्वास्थ्य बीमा कार्यक्रमको असफलताको जड आर्थिक अभाव मात्र होइन, बल्कि संस्थागत र राजनीतिक संरचनामा रहेको त्रुटि हो। अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्दा, भारतको ‘राष्ट्रिय स्वास्थ्य बीमा योजना’ र घानाको अनुभवले के सिकाउँछ भने डिजिटल निगरानी, नियमित लेखापरीक्षण (Auditing) र पारदर्शिता मार्फत यस्ता कार्यक्रमलाई सफल बनाउन सकिन्छ। नेपालमा यी पक्षहरू कमजोर हुनाले समस्या जस्ताको तस्तै छ। स्वास्थ्य बीमालाई दीर्घकालीन रूपमा सफल बनाउन प्राविधिक सुधार मात्र पर्याप्त छैन। यसका लागि: (१) नियामक निकायलाई स्वतन्त्र र शक्तिशाली बनाउनुपर्ने। (२) भ्रष्टाचार नियन्त्रण र औषधि वितरण प्रणालीलाई पारदर्शी तुल्याउनुपर्ने। (३) राजनीतिक हस्तक्षेप नीतिगत तहमा सीमित बनाउँदै सक्षम प्रशासनिक संयन्त्र निर्माण गर्नुपर्ने।