Research indexJournal article
बनतव मतभष वदयरथहरक नपल भष सकइम पइन तरट
Rai
Journal of Indigenous Knowledge and Practice17 Aug 2026Open access
NobleIDark:/48914/w1/20261105/9223332FDOI10.3126/jikap.v2i1.98138
बनतव मतभष वदयरथहरक नपल भष सकइम पइन तरट
Rai · Journal of Indigenous Knowledge and Practice · 2026
NobleIDark:/48914/w1/20261105/9223332FDOI10.3126/jikap.v2i1.98138
Abstract
बान्तावा भाषालाई भोटबर्मेली भाषापरिवारको किरात समूहका भाषाहरूमध्ये एक मानिन्छ । बान्तावा मातृभाषी विद्यार्थीहरूले नेपाली भाषालाई दोस्रो भाषाका रूपमा सिक्दा पाइने त्रुटिको अध्ययन गरिएको छ । उक्त विद्यार्थीहरूको नेपाली सिकाइमा पाइने उच्चारणगत तथापदसङ्गतिगत त्रुटिहरूको विश्लेषण गरी त्रुटिका कारण र समाधानका उपायहरूकोअनुसन्धान गर्नु यस अध्ययनको उद्देश्य रहेको छ । त्रुटिविश्लेषण सिद्धान्तमा आधारितनेपालको भोजपुर जिल्लाका हतुवागढी र आमचोक क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरतबान्तावा मातृभाषी विद्यार्थीहरू सहभागी रहेको यस अध्ययनमा प्रश्नाली, अन्तर्वार्ता र लक्षितसमूह छलफलमार्फत सामग्री सङ्कलन गरेर प्राप्त तथ्याङ्कको विश्लेषणात्मक पद्धतिअनुसारविश्लेषण गरी निष्कर्ष प्रस्तुत गरिएको छ । सम्बन्धित विद्यालयका नेपाली भाषाशिक्षकहरूसँग लिखित राय तथा अन्तर्वार्तासमेत लिइएको छ । यो अध्ययन नेपाल खुलाविश्वविद्यालयअन्तर्गत एमफिल तह पूरा गर्ने सन्दर्भमा गरिएको अनुसन्धानमा आधारित रहेकोछ ।