NobleBlocks

Research indexJournal article

सहतयक पठसमपदनम लखकक मलकत र समपदकय हसतकषप

Paneru

Apara अपरा16 Sep 2026Open access

NobleIDark:/48914/w1/20261105/F5F7C748DOI10.3126/apara.v6i1.99980

Abstract

प्रस्तुत लेख साहित्यिक पाठसम्पादनमा लेखकको मौलिकता र सम्पादकीय हस्तक्षेपको आवश्यकता, औचित्य तथा सीमाको विश्लेषणमा केन्द्रित रहेको छ । भूपि शेरचनको ‘मेरो चोक’ कविता र पारिजातको ‘वर्षा ऋतु’ कथालाई नमुना पाठका रूपमा चयन गरी लेखकगत शैलीको संरक्षण र सम्पादकीय परिष्कारबिचको सम्बन्ध पहिचान गर्नु यसको उद्देश्य हो । गुणात्मक तथा पुस्तकालयीय अध्ययनपद्धति अवलम्बन गरी उद्देश्यपरक रूपमा चयन गरिएका दुवै पाठको सघन विश्लेषण गरिएको छ । यसको सैद्धान्तिक ढाँचा लिच र सर्ट (सन् २००७) को शैलीवैज्ञानिक मान्यता तथा बुचर, ड्रेक र लिच (सन् २००६) को पाठसम्पादनसम्बन्धी अवधारणाका आधारमा निर्माण गरिएको छ । ‘मेरो चोक’ मा पुनरावृत्ति, समानान्तरता, विरोधाभास, व्यङ्ग्य, पङ्क्तिविन्यास र लयले सामाजिक यथार्थ तथा कविताको मौलिक प्रभाव निर्माण गरेका छन् भने ‘वर्षा ऋतु’ मा प्रथम पुरुष कथन, दृश्यात्मक विम्ब, आत्मप्रश्न, संवाद र पात्रगत भाषाले कथावाचकको मनोवैज्ञानिक रूपान्तरण, सामाजिक पूर्वधारणा र मानवीय सम्बन्धको जटिलताप्रस्तुत गरेका छन् । यी शैलीगत प्रयोगलाई सामान्य त्रुटि ठानी यान्त्रिक रूपमा मानकीकरण गर्दा पाठको लय, कथनस्वर, अर्थबहुलता र कलात्मक प्रभाव कमजोर हुने देखिएको छ । अतः साहित्यिक सम्पादनमा वास्तविक भाषिक त्रुटि र साभिप्राय शैलीगत प्रयोगबिच भेद गर्दै लेखकको मौलिक स्वर सुरक्षित राखेर पाठको स्पष्टता, सङ्गति, पठनशीलता र सम्प्रेषणीयता अभिवृद्धि गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।

Discussion

More

Suggest a correction or report