Research indexJournal article
नपलम अपङगत नत: करयनवयन अनतरल र चनतहर
Acharya
Myagdi guru.22 Sep 2026Open access
NobleIDark:/48914/w1/20261105/EBAC3CCADOI10.3126/mg.v9i1.100363
नपलम अपङगत नत: करयनवयन अनतरल र चनतहर
Acharya · Myagdi guru. · 2026
NobleIDark:/48914/w1/20261105/EBAC3CCADOI10.3126/mg.v9i1.100363
Abstract
यस लेखले नेपालमा अपाङ्गताको अवस्थालाई विशेषगरी कानुनी प्रतिबद्धता र व्यवहारिक समावेशीकरणबीचको दूरीलाई केन्द्रमा राख्दै नीति तथा अनुसन्धानको दृष्टिकोणबाट विश्लेषण गर्दछ । यो लेख प्राथमिक तथ्याङ्कमा आधारित नभई अपाङ्गता क्षेत्रमा विकास गरिएका नीति तथा व्यवस्थाहरूको समालोचनात्मक समीक्षामा आधारित छ । नेपालले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि अनुमोदन गरेको छ र संविधानले समानता तथा भेदभावविरुद्धको मान्यता सुनिश्चित गरेको छ । नेपालमा गरिएका शिक्षा, पहुँचयोग्य स्वास्थ्य, पुनःस्थापना र सामाजिक सुरक्षा क्षेत्रमा नीतिगत प्रतिबद्धता विकास गरिनु महत्वपूर्ण उपलब्धि हुन् ं। राष्ट्रिय नीति समीक्षा, अपाङ्गता समावेशी शिक्षा सम्बन्धी अध्ययन, सामाजिक सुरक्षा अनुसन्धान, जीवनस्तरसँग सम्बन्धित तथ्य तथा व्यापक अपाङ्गता साहित्यका आधारमा यो लेख तयार गरिएको छ । यो अध्ययन अपाङ्गतासम्बन्धी राष्ट्रिय नीति, कानुनी दस्तावेज तथा सम्बन्धित साहित्यको समालोचनात्मक समीक्षामा आधारित भएकाले समालोचनात्मक दस्तावेज समीक्षा विधिमार्फत उपलब्ध नीति तथा साहित्यको विश्लेषण गरिएको छ । यस विश्लेषणका अनुसार नेपालमा अपाङ्गताको मुख्य समस्या औपचारिक अधिकारको अभावभन्दा बढी ती अधिकारहरूकोसंस्थागत कार्यान्वयन कमजोर हनु ुहो। अपाङ्गता सम्बन्धी तथ्याङ्क विखण्डित छन् र मापन प्रणाली असंगत छ । मूल्याङ्कन अझै शारीरिक क्षमता र चिकित्सकीय दृष्टिकोणमा केन्द्रित छ भने अनुगमन प्रणाली कमजोर र अन्तरक्षेत्रीय समन्वयमा अपर्याप्त छ । पहुँचयोग्यता मापदण्डको कार्यान्वयन अपूर्ण छ र समावेशी शिक्षा स्थानीय स्तरमा प्रभावकारी छैन । सामाजिक सुरक्षा प्रणाली रूपान्तरणकारी बन्न सकेको छैन । मनोसामाजिक अपाङ्गता तथा मानसिक स्वास्थ्यप्रति ध्यान सीमित छ । यस सन्दर्भमा लेखले अपाङ्गतालाई बहुआयामिक गरिबी, शैक्षिक बहिष्करण र स्वास्थ्य सेवामा कमजोर पहुँचसँग जोड्दै विश्लेषण गर्दछ । यस विश्लेषणले नेपालमा अपाङ्गता नीति र कानुन घोषणामा सीमित नभई व्यवहारमा लागूहनु ुपर्ने तथ्यमा आधारित योजना, सहभागितामूलक प्रक्रिया, बहुक्षेत्रीय समन्वय, सुदृढ तथ्याङ्क प्रणाली र उत्तरदायी शासनको आवश्यकता रहेको देखाउँछ ।