Research indexJournal article
कषण सन ‘इचछक’क कवतम जनयदधक परतबमबन
Bimali
Pranayan प्रणयन22 Sep 2026Open access
NobleIDark:/48914/w1/20261105/1814DF90DOI10.3126/pranayan.v27i9.100396
कषण सन ‘इचछक’क कवतम जनयदधक परतबमबन
Bimali · Pranayan प्रणयन · 2026
NobleIDark:/48914/w1/20261105/1814DF90DOI10.3126/pranayan.v27i9.100396
Abstract
प्रस्तुत लेखमा कृष्ण सेन ‘इच्छुक’का कवितामा जनयुद्धको प्रतिबिम्बन केकसरी गरिएको छ भन्ने विषयको विश्लेषण गरिएको छ । यथार्थलाई कलामा ग्रहण गर्ने प्रक्रिया कलात्मक प्रतिबिम्बनको विधि हो । यस अध्ययनमा यथार्थसँग कलाको सोझो नभएर सौन्दर्यात्मक सम्बन्ध हुन्छ भन्ने मार्क्सवादी मान्यताका आधारमा कविताको अध्ययन गरिएको छ । यसका लागि वर्गसङ्घर्षको चित्रण, राज्यको त्रासदी र आतङ्कको चित्रण, क्रान्तिप्रतिको आस्था, महिलाहरूको अदम्य साहस र शौर्यको चित्रणजस्ता पर्याधारको निर्माण गरी इच्छुकका कविताको विश्लेषण गरिएको छ । यस सन्दर्भमा कविताको विश्लेषणका लागि मार्क्सवाद र माओवादले प्रस्तुत गरेका कलाको प्रारूपीकरणसम्बन्धी मान्यतालाई विश्लेषणको आधारका रूपमा उपयोग गरिएको छ । इच्छुकका कवितामा जनयुद्धका विविध यथार्थको प्रारूपीकरण गरिएको छ । उनका कवितामा जनयुद्धले नेपाली समाजमा पारेको प्रभाव, नेपाली समाजमा विकसित वर्गसङ्घर्षले सिर्जना गरेको विद्रोहको चेतनाका साथै राज्यसत्ताले गरेको निर्मम दमन र अत्याचारलाई पनि बिम्बन गरिएको छ । उनका कवितामा जनयुद्धका क्रममा योद्धाहरूले देखाएको साहस, वीरता, त्याग, निष्ठा समर्पण र शौर्यको उच्च प्रशंसा गर्दै वर्गसङ्घर्षप्रति दृढ आस्था र विश्वास व्यक्त गरिएको छ । यस अध्ययनबाट इच्छुकका कविता क्रान्ति र सङ्घर्ष नै समाजको आमूल रूपान्तरणको आधार हो भन्ने मार्क्सवादी चेतनाबाट निर्देशित छन् र यी कविताले जनयुद्ध कसैको रहरले नभई नेपाल र विश्व कम्युनिस्ट क्रान्तिको ऐतिहासिक आवश्यकताले जन्मिएको हो भन्ने यथार्थलाई देखाएका छन् भन्ने निष्कर्ष निकालिएको छ ।