NobleBlocks

Research indexJournal article

कश परदशक समदधम सहकरक भमक

Pokhrel, Hima

Medha A Multidisciplinary Journal23 Sep 2026Open access

NobleIDark:/48914/w1/20261105/69AE9B1CDOI10.3126/medha.v9i1.99886

Abstract

प्रस्तुत लेख कोशी प्रदेशको समृद्धिमा सहकारीको भमिकाको विश्लेषणमा केन्द्रित छ । प्रस्तुत लेखका लागि सामग्रीको सङ्कलन प्राथमिक स्रोतका प्रश्नावली र द्वितीयक स्रोतका पुस्तकालयबाट गरिएको छ । कोशी प्रदेशमा स्थापना गरिएका सहकारी संस्थाद्वारा वित्तीय समृद्धिका साथै प्रदेशको विकासका लागि खेलेको भूमिकाको विश्लेषणमा केन्द्रित यस लेखमा सहकारीको पारिभाषिक अभिलक्षण, यसको कार्य उद्देश्य तथा आर्थिक समृद्धिमा यसको भूमिकासम्बन्धी विषयलाई सैद्धान्तिक आधार र अवधारणाका रूपमा लिइएको छ । कोशी प्रदेशलाई समृद्धितर्फ मार्गदर्शन गर्नका लागि सहकारीको भूमिका महत्त्वपूर्ण छ । यस प्रदेशमा सहकारीका माध्यमबाट गरिएका कार्यले वित्तीय समावेशीकरण, वित्तीय साक्षरता, स्थानीय पूँजीको परिचालन, स्वरोजगार सिर्जना, लघु उद्योगको विस्तार, कृषि उत्पादनमा बृद्धि र गरिबी न्यूनीकरण लगायताका क्षेत्रमा ठूलो योगदान पु¥याएको छ । कमजोर नियमन, कुशल व्यवस्थापनको अभाव, पूँजीको अपर्याप्तता, वित्तीय अनुशासनको अभाव, सदस्यको विश्वासमा आएको कमी आदि सहकारी क्षेत्रका निमित्त प्रमुख चुनौतीका रहेका छन् । यस लेखमा यिनै विषयमाथि विमर्श गरी निष्कर्षसम्म पुगिएको छ ।

Discussion

More

Suggest a correction or report